• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा र कर्मचारी संगठनद्धारा मृतक परिवारलाई सहयोग

नेकपा र कर्मचारी संगठनद्धारा मृतक परिवारलाई सहयोग


समायोजन खबर
  • बिहिबार, कार्तिक २९ २०७५

  • समायोजन खबर खोटाङ,
    जिल्लाको एक मृतक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गत कात्तिक २१ गते निधन भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता बालकृष्ण आचार्यलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपाले ५१ हजार आर्थिक सहयोग गरेको हो ।

     

    आर्थिक अवस्था कमजोर भएकाले किरिया खर्च लगायतका कामका लागि मृतक परिवारलाई बिहीबार आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख रहेका नेकपा नेता बबी चाम्लिङले बताए । नेकपाले आचार्यको घरैमा पुगेर सहयोग रकम प्रदान गरेको हो । सहयोग रकम जिल्ला समन्वय समितिका प्रमुख रहेका नेकपा नेता चाम्लिङले मृतकका आफन्त गोपालचन्द्र आचार्यलाई हस्तान्तरण गरेका छन् ।

    यस्तै, मृतक आचार्य परिवारलाई नेपाल निजामती कर्मचारी संगठनले पनि ५ हजार हस्तान्तरण गरेका छन् । २०१७ साल मंसिर १३ गते जन्मिएका आचार्यको ५८ वर्षको उमेरमा निधन भएको हो । मृतक आचार्य एमालेका जिल्ला प्रतिनिधि परिषद सदस्य थिए । सहयोग रकम हस्तान्तरणका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई, उषाकला राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, समिता कार्की लगायतका नेता तथा कार्यकर्ता आचार्यको घरमा पुगेका थिए ।
    माथी तस्विरमा  : मृतक बालकृष्ण आचार्य परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै नेकपा नेता बबी चामलीङ (दायाँ) २०७५ कार्तिक २९ गते अपरान्ह ४  : २१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology