समायोजन खबर खोटाङ,
बाबुआमाको नाममा एक परिवारले कल्याणकारी अक्षयकोष स्थापना गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा लामाखुका धनकुमार राई परिवारले बाबु कर्णध्वज राई र स्वर्गीय आमा पम्फासरी राईको नाममा ५ लाख राशीको कर्णध्वज–पम्फासरी कल्याणकारी अक्षयकोष स्थापना गरेका हुन् । स्वास्थ्य समस्यमा परेका असहाय, निमुखा, गरीब तथा आर्थिकरुपमा बिपन्न परिवारको उपचार सहयोगार्थ पम्फासरीको बार्षिक पुण्यतिथिको अवशरमा स्वास्थ्यचौकी निर्मलीडाँडामा कल्याणकारी अक्षयकोष स्थापना गरिएको हो ।
बार्षिकरुपबाट आउने व्याजबाट आउने रकमले स्वास्थ्यका क्षेत्रमा काम गर्नेगरी राई परिवारले सोमबार कल्याणकारी अक्षयकोष स्थापना गरिदिएका हुन् । धनकुमारले कोष सञ्चालक समितिका संयोजक एबं वडाध्यक्ष हर्कराज राई र स्वास्थ्यचौकीका ईन्चार्ज संगीता राईलाई कल्याणकारी अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण गरेका छन् । कोषको रकम स्वास्थ्यचौकीमा आवश्यक जनशक्ती राख्न, टाढा–टाढाका बिरामीलाई स्वास्थ्यसंस्थासम्म पु¥याउन भाडा उपलव्ध गराउन, स्वास्थ्यचौकीमा आवश्यक उपकरण खरिद लगायतका काममा समेत उपयोग गर्न सकिने अक्षयकोष सञ्चालक समितिले जनाएको छ ।
छोरा धनकुमार, बुहारी बिष्णुकुमारी राई, छोरी बिमला राई, संगीता राई, मेनुका राई, जेठो नाती ध्रुबदेब राई र जेठी नातिनी बुहारी पासाङ राई, माईलो नाती शक्तीदेव राई र माईली नातिनी बुहारी पवित्रा साउदेन राई, कान्छा नाती जयबाबु राई र नातिनी अनुपमा राईले कर्णध्वज राई र आमा पम्फासरी राईको नाममा कल्याणकारी अक्षयकोष स्थापना गरेका हुन् ।
२०७५ कार्तिक २७ गते साँझ ७ : ३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology