• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आफ्नै ठूलो बुवालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ

आफ्नै ठूलो बुवालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ


चिसाङ शेर्पा
  • सोमबार, कार्तिक २६ २०७५

  • साँकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    आफ्नै ठूलो बुवालाई खुकुरी प्रहार गर्ने एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २८ वर्षीय बिसन कट्वाल रहेका छन् ।

     

    मानसिक सन्तुलन  गुमाएका उनले सोमबार दिउँसोे आफ्नो ठूलोबुवा ६९ वर्षीय काली बहादुर कट्वाललाई खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट कट्वालको हात, ढाड लगायत शरीरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ ।

     

    खुकुरी प्रहार गर्नेलाई आजै दिउसो तीनबजे पक्राउ गरिएको र उनलाई समेत चोट लागेकाले जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ । उपचारपछि घट्नाका वारेमा थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।
    २०७५ कार्तिक २६ गते साँझ ६  :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology