• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६ दिन भ्रमणमा दश लाख खर्च

६ दिन भ्रमणमा दश लाख खर्च

भ्रमणलाई लिएर आलोचना


चिसाङ शेर्पा
  • शुक्रबार, कार्तिक १६ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा  खोटाङ,
    ६ दिन भ्रमणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दश लाख खर्च गरेको छ । वाह्य तथा आन्तरिक स्थानमा अध्ययन, अनुगमण र भ्रमण गरेर उक्त रकम खर्च गरेको हो । नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, राजनीतिक सल्लाहाकार कमल ढकाल, नगर कार्यपालिका सदस्य, १३ वडाका वडाध्यक्ष सहित ३१ जनाले सिक्किम, दार्जिलिङ, सुनसरी र इलाम भ्रमण गर्दा दश लाख खर्च भएको नगरप्रमुख रिजालले बताए ।

     

    गत कार्तिक ९ गतेदेखी १४ गतेसम्म नगरपालिकाका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरुले सिक्किमको रान्का राई गाउँ पञ्चायत र राम्ची गाउँपालिकासँग औपचारिक छलफल भएको नगरपालिकाले गर्दै आएको ‘सुशासनका लागि मिट प्रेस’ मा जानकारी दिईएको हो । यस्तै, नेपालमा सुनसरीको इटहरी उपमहानगरपालिका र इलामको इलाम नगरपालिकासँग यहाँ र त्यहाँको अनुभव आदानप्रदान भएको थियो ।

    अध्ययन, अनुगमण र भ्रमणले पर्यटन, विकास, शिक्षा, योजना कार्यान्वयन, कानुन कार्यन्वयन जस्ता कुरालाई इन्डिकेट गरेको र त्यसलाई आगामी दिनमा आफ्नो नगरपालिकामा कार्यन्वयन गर्ने नगरपालिकाले जनाएको छ । भ्रमणमा दिक्तेल र चिउरीडाँडाका वडाध्यक्ष तथ अन्य दुइजना कार्य व्यवस्तताले नगएको नगरप्रमुख रिजालले बताए । २०७४ असोज २५ गतेको पहिलो नगरसभाले गरेको निर्णय अनुसार भ्रमणमा गईएको हो ।

     

    यद्यपी, सरोकारवाला, भुक्तभोगीहरुले भ्रमणलाई लिएर आलोचना गरेका छन् । नगरप्रमुख, उपप्रमुख, राजनीतिक सल्लाहाकारले मात्रै पनि भ्रमण गर्दा उचित हुने उहाँहरुको प्रतिक्रिया छ । कानुन, नियमनै प्रमुख उपप्रमुखले कार्यन्वयन गर्ने हुंदा जम्बो टोली भ्रमण गर्नु आवाश्यक नरहेको सरोकारवालको तर्क छ ।
    २०७५ कार्तिक १६ गते साँझ ६ : ५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology