चिसाङ शेर्पा खोटाङ,
विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले तिहारमा प्राविधिक त्रृटि बाहेक बत्ती नजाने जनाएको छ । आगामी कात्तिक १९ गतेदेखि सुरु हुने तिहारका लागि बत्ती नियमित गराउन प्राधिकरणले खोटाङ उदयपुर गरी दश स्थानमा आफ्ना कर्मचारीलाई तयारी रुपमा राखेको छ ।
अन्य समयमा नियमित बत्ती आईरहे पनि तिहार विशेष चाड भएकाले आफूले वितरण गरेका साविक ४४ गाविसका रुटमा बुस कटिङ, ट्रान्सफर्मरहरुमा तेल फेर्ने, फ्युज रिचेक गर्ने, हाइटेन्सन, एलटी लाईनका पोल र तारहरु निरिक्षण गर्ने काम तीव्र रुपमा भइहेको प्राविधिक प्रमुख उमेश कुमार महत्तोले जानकारी दिए ।
त्यसका अलवा प्राधिकरणले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको स्यालगौडे, हलेसी तुवाचुङ नगरपालिकाको विजुले, दिक्तेल रुपोकाट मझुवागढी नगरपालिकाको नुनथला, वुईपा, दिक्तेल, खोटेहाङ गाउँपालिकाको सिमपानी, खोटाङबजार, उदयपुरको रसुवाघाट र गाईघाटमा रहेको फ्युज सेवामा कर्मचारी तयारी अवस्थामा राखिएकाले तिहारमा बत्ती नजाने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेस यादवले बताए ।
माथी तस्विरमा, विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेस यादव, २०७५ कार्तिक १५ गते साँझ ७ : ०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology