• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राडी बुनेर वार्षिक पचास हजार आम्दानी

राडी बुनेर वार्षिक पचास हजार आम्दानी


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    रावाबेंशी गाउँपालिका–६ हौचुर पोखरी चापखर्ककी शिव कुमारी गुरुङ दिउँसोको खाना खाएर राडी बुनिरहेकी थिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको दिक्तेल कलेजमुनी गुरुङ समुदायको पुर्खौली पेशा(राडी बुनाई)लाई अंगाल्दै राडी बुनिरहेकी हुन् । हेर्दा सजिलो तथा दिमागी कसरत बढी लाग्ने सीपबाट उनले वच्चालाई बोर्डिङ  पढाई रहेकी छन् ।

     

    आफ्नो घर हौंचुरमा भएता पनि नानीलाई बोर्डिङ पढाउदै आवाश्यक सामग्री जुटाएर राडी बुन्ने काम गरीरहेको उनलाई बताईन् । राडी बुन्नका लागि धेरै सामग्रीको खाँचो पर्दछ । सवैभन्दा पहिला भेडाको ऊन चाहिन्छ । भेडाको ऊन माघ/फागुन र असोज/कार्तिक दुई सिजनमा काटी धोएर कालो, सेतो, रातो छुट्याउने गरिन्छ । ऊनलाई कोरेसोले कोरेर रुवा बनाईन्छ । चर्खाले काटेर धागो बन्ने गर्दछ । उनले भनिन्, ‘अनि त्यसलाई जोडी बनाएर डल्ला बनाई फेरी चर्खामा लगाए बाटेपछि मात्रै राडी बुन्नका लागि ऊनको धागो तयार हुन्छ ।’

    चर्खा ऊनको धागो

    एक्लै राडी बुनिरहंदा ‘बोर’ हुनाले उनी कानमा इयरफोन लगाएर गीत सुन्दै बुनिरहेकी थिईन् । ऊनको धागो बनेसकेपछि तान लगाएर राडी बुन्ने गरिन्छ । ऊनको अलवा राडी बुन्नलाई ताके, तोश्रो लगायतका सामग्री चाहिन्छ । ग्राहकको माग बमोजिम राडी बुनाईमा भर पर्ने उनको भनाई छ । कसै ग्राहक आफ्नो वा अन्य केही लेखेको बुनाउछन्, कसै सादा बुट्टावाला । उनका अनुसार रंगीन अर्थात लेखेको बुन्नलाई दुई दिन र सादा बुट्टावाला एकदिनमा बुनेर तयार गर्न सकिन्छ । तर, राडी बुन्नभन्दा धुन गाह्रो हुने उनले बताईन् । बुनेर तयार राडीलाई तातोपानी उमालेर पानीमा डुबाई जोर खुट्टाले माडरे धुनुपर्दछ ।

     

    आफूले भेडा नपालेको र १२ सय र्धानीमा (गाउँबाट दिक्तेल आईपुग्दा) ऊन खरीद गरेर बुनेको ६ बित्ते सादा बुट्टावाला राडी ३५ सय, लेखेको रंगीन राडी ४५ सयदेखी पाँच हजारसम्म विक्री हुने गरेको छ । ५ बित्ते सादा बुट्टावाला राडी २५ सय र लेखेको रंगीन राडी ३५ सयमा घरमै तथा वजारमा लगेर विक्री गर्ने गरेको उनले जानकारी दिईन् । वर्षदिनमा दुई सिजनमा बुनिने राडी प्रायजसो विक्री हुने गरेको र विक्री नभई वाँकी रहेकालाई हलेसी मेलामा लगेर विक्री गर्ने गरिएको छ । विशेषगरी हलेसीमा लाग्ने रामनवमी, वालाचर्तुदशीमा राडीको विक्री बढी हुन्छ । राडीबाट वार्षिक ४०/५० हजार आउने उनले बताईन् ।

    ऊन

    समयसँगै विभिन्न नया ओछ्याउनका आईटमहरु बजारमा आए पनि राडीको मान्यता वेग्लै छ । राडी भएको घरको शान नै अर्कै हुने गरेको पुर्खाहरुको भनाई छ । आज पनि आफन्त तथा पाहुनाको घरमा जादाँ राडी ओछ्यार सम्मान गर्ने परम्परा जीवितै रहेको छ । राडीलाई कतीपयले कोसेलीका रुपमा समेत आफन्तलाई उपहार दिने चलन छ । ओछ्याउनमा वढी न्यानो हुना राडी जिल्लाको पाखेरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, वुईपा, साब्रु, वाक्सिलामा बुन्ने गरिन्छ ।

    माथी तस्विरमा राडी बुन्दै शिव कुमारी गुरुङ, २०७५ कार्तिक १५ अपरान्ह ३  : २९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology