चिसाङ शेर्पा,
दशैं सकिए लगत्तै दिक्तेल बजारमा तिहारका सामग्री पाउन थालिएको छ । कोजाग्रत पूर्णिमाका दिनबाट दिक्तेल बजारका विभिन्न स्थानमा तिहारका लागि आवाश्यक सामग्री पाउन थालिएको छ ।

तिहारमा आवाश्यक पर्ने ओखर, नरिवल, छकडा, बदाम, अगरबत्ती, धागो, सियो, लक्ष्मीको फोटो, कृतिम माला, सप्तरंगी टिका लगायतका सामग्री विक्री गर्न सुरुवात गरिएको एकजना ब्यापारी सर्वण शाहले बताए ।

आगामी कार्तिक २३ गते भाईटिका भएपनि छिटै बजारमा तिहारका सामग्री आउन थालेको देखिन्छ । दिक्तेलको हाँटडाँडा, पूरानो बैंकचोक, अम्बागाछी, सल्लेरीटोल, बेसक्याम्प, रत्नपार्कमा तिहारका लागि आवाश्यक सामग्री पाउन थालिएको छ । तराईवाट खरीदगरी दिक्तेलमा विक्री भईरहेको उक्त सामग्री खरीद गर्न सामान्य रुपमा ग्राहकहरु आउने गरेको व्यापारीहरुले जनाएका छन् ।

क्याप्सन :तिहारका सामग्री खरीद गर्दै ग्राहक, तस्विर चिसाङ शेर्पा, २०७५ कार्तिक ९ बिहान ८ : ०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology