चिसाङ शेर्पा खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत जयराम घाँटैमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । गएको शुक्रबार आफनै युट्युब च्यानल धर्मराज पोखरेल बाट सार्वजनिक भएको म्युजिक भिडियोमा गायक धर्मराज पोखरेल, अनिल राना, उषा कार्की लगायतले अभिनय गरेका छन् ।
शिवसंगम राईको लय शब्द, सुन्दर लामाको संगीत संयोजनमा तयार भएको लोकगीतमा लोक गायक पोखरेललाई गायिका मेलिना राईले साथ दिएकी छन् । म्युजिक भिडियो खोटाङ र ओखलढुंगाको सिमाना जयरामघाटमा छायांकन गरिएको छ । यसअघि लोक गायक पोखरेलको हामी त लै दिक्तेल बजारको, आश्रममा बाउआमा रुदै धरर, मध्ये बसेरी, दुई दिने चोला लगायतका लोकगीतको म्युजिक भिडियो सार्वजनिक भईसकेका छन् ।
भिडियो हेर्नुहोस
२०७५ कार्तिक ४ बिहान ८ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology