• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टुहुराटुहुरी वालवालिकालाई उपमेयर राईले गरिन् वीस हजार आर्थिक सहयोग

टुहुराटुहुरी वालवालिकालाई उपमेयर राईले गरिन् वीस हजार आर्थिक सहयोग

दशैको मुखमा उपमेयर राईले गरिन् अनुकरणीय काम


चिसाङ शेर्पा
  • शनिबार, असोज २७ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा सातजना टुहुराटुहुरी वालवालिकालाई उपमेयरले आर्थिक सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले आमाबुवा दुवै गुमाएका सोही नगरपालिका–८ धितुङका टुहुराटुहुरी वालवालिकालाई २० हजार वढी आर्थिक सहयोग गरेकी हुन् ।

     

    गत साउन १८ गते अचानक करेण्ट लागेर ज्यान गुमाएका बुबा चन्द्र किरात र गर्भपतन गराउने क्रममा २०७३ भदौ १९ गते आमा टलकुमारी राईको मृत्यु भएपछि बिचल्नीमा परेका टुहुराटुहुरी वालवालिकालाई आफुले राज्यवाट पाउने महिना दिनको सेवा सुविधा अन्तरगत २० हजार १ सय २० रुपैयाँ आर्थिक सहयोग गरेको उपमेयर राईले जानकारी दिईन् । उनले धितुङका वडाध्यक्ष पृथ्वीराज राईको रोहवरमा वालवालिकालाई आर्थिक सहयोग गरेकी हुन् ।

     

    एकवर्ष अघि जिल्ला अस्पताल दिक्तेलमा गर्भपतन गराउने क्रममा चिकित्सकको लापारवाहीले आमाको ज्यान गएपछि बुवाको साहारमा बस्दै आएका २ छोरा ५ छोरीलाई बुवाले पनि छोडेर गएपछि वालवालिका बेसाहारा बनेका थिए । घरकी जेठी छोरी १६ वर्षीय बुङातुङ राईले आफ्ना भाईवहिनीहरुलाई पालनपोषण गरिरहेकी छन् । दशैको मुखमा सहयोग पाउदा टुहुराटुहुरी वालवालिका हर्षित भएका छन् ।

    क्याप्सन :आमाबुवा गुमाएकी टुहुरी वालिकालाई रकम हस्तान्तरण गर्नुहुदै उपमेयर राई, तस्विर समायोजन खबर, २०७५ असोज २७ साँझ ६ : ३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology