• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुलभुले दुधकुण्ड देउधाममा नयाँ संरचना थप

भुलभुले दुधकुण्ड देउधाममा नयाँ संरचना थप


समायोजन खबर
  • बिहिबार, असोज २५ २०७५

  • समायोजन खबर खोटाङ,
    खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधामको पर्यटन प्रवद्र्धनका लागि नयाँ संरचना थप गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधामको स्तरोन्नती गर्दै पर्यटन प्रवद्र्धनका लागि गेट, रेलिङ सहितको सिँडी, ७ धारा, राउण्ड पोखरी, कम्पाउण्ड, छाना सहितको बस्ने फलामे बेञ्च लगातका संरचना निर्माण गरिएको हो । भुलभुले दुधकुण्ड देउधाममा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आर्थिक संबृद्धिका लागि निर्माण गरिएको मानव निर्मित संरचना बिहीबार नगरका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।

     

    बिशेषगरी किरात र हिन्दु धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुलभुले दुधकुण्ड देउधाममा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ नगरपालिकाको ४० लाखको खर्चमा आकर्षक संरचना थप गरिएको भुलभुले दुधकुण्ड देउधाम निर्माण समितिका सचिव लोकेन्द्र राईले बताउनुभयो । देउधामको कम्पाउण्डभित्र काटिएका ढुंगा ओछ्याइएको, घुमफिरका क्रममा बिश्रामका लागि छाना सहितको ५ वटा फलामे बेञ्च, ७ वटा ढुंगे धारा जिर्णोद्धार, बीचमा गणेशको मुर्ती राखिएको राउण्ड पोखरी, जलपादेबीको मन्दीर, बगैंचा, रातका लागि नाईट बत्ती, सिँढी, रेलिङ, फोहोर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने -याक, तस्बिर सहितको सूचना पार्टी लगायतका संरचना निर्माण गरिएको छ । नयाँ संरचना निर्माणकाक्रममा देउधाममा पुरानो शिब मन्दीरको जिर्णोद्धार समेत गरिएको छ । भुलभुले दुधकुण्ड देउधाममा पुग्ने पर्यटकलाई सोभन्दा माथि रहेको रुवालुङ झरनासम्म पु¥याउनका लागि पदमार्ग निर्माणको काम समेत भइरहेको सचिव राईले बताउनुभयो ।
    २०७५ असोज २५ राती ८ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology