समायोजन खबर खोटाङ,
प्रहरीले अवैध काठ नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबाट ना ६ त ९५१८ नम्बरको ट्याक्टरमा हालेर अन्यत्र लैजाँदै गरेको अवस्थामा प्रहरीले शनिबार राती उत्तिस र पात्लेको ५२.०५ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको हो । चिरानी गरिएको काठ, ट्याक्टर र ट्याक्टर चालक दिलबहादुर राईलाई नियन्त्रणमा लिएर आज डिभिजन बन कार्यालयलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए ।
रातको समयमा नेर्पाबाट काठ अन्यत्र लैजादै गरेको सूचनाका आधारमा प्रहरीले काठ नियन्त्रणमा लिएको हो । काठ हिराधन राईको भएको प्रारम्भिक जानकारी आए पनि बिस्तृत अनुसन्धान बाँकी रहेको प्रहरीको भनाई रहेको छ । अवैध काठ बरामदको बिषयमा अनुसन्धानका लागि डिभिजन बन कार्यालयले रेञ्जर हरिकाजी राईलाई अनुसन्धान अधिकारी तोकेर जिम्मेवारी दिएको सूचना अधिकारी युवराज दाहालले बताए ।
२०७५ असोज २१ साँझ ६ :४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology