• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नं. १ अगाडी, खोटाङले ४ स्वर्ण १ रजत दिलायो

राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नं. १ अगाडी, खोटाङले ४ स्वर्ण १ रजत दिलायो


चिसाङ शेर्पा
  • मंगलबार, असोज १६ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    सिराहमा आयोजित गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा एक नम्बर प्रदेश अगाडी देखिएको छ । गोलबजार नगरपालिकाको आयोजना तथा नेपाल कराते महासंघ शाखा डोजो जम्दहको सहआयोजनामा भएको प्रतियोगितामा ९ स्वर्ण २ रजत लिएर प्रदेश नम्बर एक अगाडी बढेको हो । मंगलबार भएको प्रतियोगितामा ११ स्वर्णको छिनोफानो हुंदा प्रदेश नम्बर एकले ९ स्वर्ण २ रजत र प्रदेश नम्बर तीनले दुई स्वर्ण ल्याएको नेपाल सितोरियो कराते संघ खोटाङका टिम प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।

     

    प्रदेश नम्बर एकको प्रतिनिधित्व गरेर खेलेका खोटाङका खेलाडीले भने ४ स्वर्ण, १ रजत ल्याएर जिल्लाको शान राखेका छन् । खोटाङको तर्फवाट महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा रोश्मा राई, विद्याकला राई, जस्मिना राईले स्वर्ण दिलाएकी थिईन् । महिला कुमितेमा ५५ केजी तौल समुह विद्याकला राई, ६८ केजी प्लसमा मिसडोना राईले स्वर्ण र ६८ केजी माईनस कुमितेमा जस्मिना राईले रजत दिलाएकी हुन् । प्रदेश नम्बर एककै लागि ५५ केजि तौल समुहमा सुनसरीका धिरेन्द्र राई, पुरुष एकलकातामा रोहित राई सुनसरी, समुहकाता रोहित राई ,आशिष मगर, विवेक राई सुनसरी, महिलातर्फ कुमितेमा ५० केजि तौल समुहमा सुनसरीका बिना राई र सुनसरीका इन्द्रमायां तामाङले ६१ केजि तौल समुहमा स्वर्ण दिलाएका हुन् ।

     

    यस्तै झापाकी लिला श्रेष्ठले ४५ केजि तौल समुहमा रजत पदक दिलाएकी छन् । प्रतियोगितामा समुह प्रथमले ७५ हजार ५ सय ५५, दोश्रोले ५० हजार ५ सय ५५ र तेश्रोले ३० हजा ५ सय ५५ नगदका साथमा मेडल, ट्रफि, प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता बुधबार समापन हुदैछ । प्रतियोगिताको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गरेका थिए ।
    क्याप्सन :समुहकाता देखाउदै खोटाङका खेलाडी, तस्विर मिलन कसजु फेसवुक, २०७५ असोज १६ राती ८ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology