चिसाङ शेर्पा खोटाङ,
जेष्ठ नागरिक जिल्ला संघ खोटाङका बृद्धबृद्धाहरु डुंगा चड्न पाउँदा हर्षित भएका छन् । धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गर्ने सिलसिलामा कास्कीको पोखरास्थित फेवातालमा डुंगा चड्न पाउदा उनीहरु खुशी भएका हुन् ।

शुक्रबार बिहान बाग्लुङको कालिका भगवती मन्दिर दर्शन गरेर पोखरा आईपुगेका ९५ जना बृद्धबृद्धाले डुंगा चडेर तालवारही मन्दिरको दर्शन गरेको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार जेष्ठ नागरिकका टोलीमा समावेश अधिकांश बृद्धबृद्धाले पहिलो पटक डुंगा चडेका हुन् ।

यससँगै बृद्धबृद्धाहरुले पोखरामा रहेको विन्ध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव गुफा, डेबिज फल (पाताले छाँगा) को अवलोकन गरेका छन् । प्रतिकुल मौसमका अनुसार अन्य स्थानको भ्रमण एबं दर्शन गर्न कठिनाई भएको थियो ।

भदौ २९ गतेदेखी जेष्ठ नागरिक जिल्ला संघ खोटाङबाट धार्मिक भ्रमणमा निस्केका टोलीले धनुषाको जानकी मन्दिर, तनहुँको देवघाटधाम, रुपन्देहीको लुम्बिनी, मुस्ताङको मुक्तिनाथ भ्रमण एबं दर्शन गरिसकेका छन् । उनीहरुले शनिबार बिहान गोरखाको मनकामना मन्दिरको दर्शन गर्नेछन् । बृद्धबृद्धाको टोलीमा एक पत्रकार, एक स्वास्थ्यकर्मी र एक युवा उद्यमी पनि रहेको छ ।




क्याप्सन : फेवातालमा डुंगामा चडेर यात्रा गर्दै बृद्धबृद्धाहरु, तस्विर चिसाङ, २०७५ असोज ५ राती ९ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology