• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बृद्धबृद्धाहरुले जानकी मन्दिरदेखी मूक्तिनाथसम्मको धार्मिक भ्रमण गर्ने

बृद्धबृद्धाहरुले जानकी मन्दिरदेखी मूक्तिनाथसम्मको धार्मिक भ्रमण गर्ने


समायोजन खबर
  • बिहिबार, भाद्र २८ २०७५

  • समायोजन खबर  खोटाङ,
    ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको टोली भोलीवाट दशदिने धार्मिक भ्रमणमा निस्कने भएका छन् । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शनका लागि ९६ जना वढी जेष्ठ नागरिकहरु धार्मिक भ्रमणमा निस्कने भएका हुन् ।

     

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको करीव सवै वडाका जेष्ठ नागरिकहरुलाई समेटेर ज्येष्ठ नागरिक जिल्ला संघ भ्रमणमा जाने भएका हुन् । बृद्धबृद्धाहरुको चाहाना अनुरुप संघले भ्रमण जाने निधो गरेको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । जेष्ठ नागरिकको टोलीमा एकजना स्वास्थ्यकर्मी र नेपाल पत्रकार महासंघ शाखा खोटाङका सहसचिव चिसाङ शेर्पा भ्रमणमा रहने छ ।


    ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको नेतृत्वमा निस्कने ज्येष्ठ नागरिकको टोलीले भोली साँझ धनुषा जिल्लाको जानकी मन्दिर दर्शन गर्नेछ । त्यसपछि क्रमशः तनहुको देवघाट, कपिलवस्तुको लुम्बिनी, मुस्ताङको मूक्तिनाथ, गोरखाको मनोकामना, भक्तपुरको साँगा शिव मन्दिर, सतासीधाम, पोखराका केही पर्यटकीय स्थलहरु भ्रमण गर्नेछ । काठ्माण्डौं तथा ललितपुरको मुख्य–मुख्य धार्मिकस्थलहरुको भ्रमण गर्ने ज्येष्ठ नागरिक संघ खोटाङले जनाएको छ ।

     

    टोलीले भ्रमणका लागि तीनवटा गाडीमा राष्ट्रिय झण्डा र संघको व्यानर राखेर झकिझकाउ बनाएको छ । मुलुकको मुख्य–मुख्य धार्मिक स्थल भ्रमणमा जान पाउदा बृद्धबृद्धाहरुले खुशी व्यक्त गरेका छन् । बृद्धबृद्धाहरुले दश दिन धार्मिक भ्रमण गर्नेछन् ।
    क्याप्सन : धार्मिक भ्रमणका लागि छलफल गर्दै बृद्धबृद्धाहरु, तस्विर, चिसाङ, २०७५ भदौ २८ साँझ ६ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology