• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पार्टी नेतृत्वसँग विधानसम्बन्धी छलफल

पार्टी नेतृत्वसँग विधानसम्बन्धी छलफल


समायोजन खबर
  • बिहिबार, भाद्र २८ २०७५

  • फाइल तस्विर ।

    नयाँ संरचनाअनुसार पार्टीको विधान तयार गरिरहेको कांग्रेसको विधान समितिले विधानको प्रारम्भिक मस्यौदामाथि पार्टी नेतृत्वसँग छलफल गरेको छ । विभिन्न तीन उपससमितिबाट प्राप्त सुझावका आधारमा मूल समितिले विधानको प्रारम्भिक मस्यौदा तयार पारेपछि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वसँग छलफल गरेको हो ।
    समितिअन्तर्गतका उपसमितिहरूले तयार पारेका विधानको प्रारम्भिक मस्यौदामाथि पार्टी पदाधिकारी, संसदीय दलका पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच आवश्यक छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको पार्टी संरचना हुने गरी विधान तयार गर्दै छ ।

    यस्तै, पार्टीमा हाल कायम रहेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संख्या बढाउने, सदस्यता वितरण गर्ने, नेतृत्वको काम कर्तव्य र अधिकार उल्लेख गर्ने भन्नेमा समेत विधानले नयाँ दायरा बनाउँदै छ ।
    महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिमा डा. मीनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र दिलेन्द्रप्रसाद बडू नेतृत्वको तीन उपसमितिले विधानको मस्यौदाका लागि काम गरिरहेको छ ।
    विधानमा आवश्यक परिमार्जन गर्न समितिले सबै प्रदेश तहमा पनि छलफल गर्ने गरी मिति र स्थान तय गर्ने योजना पनि बनाएको छ । बिहीबारसम्म समितिले विधानको संशोधन मस्यौदामाथि सबै प्रदेशबाट पनि रायसुझाव लिने गरी छलफल गर्न मिति र स्थान तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । समितिले तयार पारेको प्रतिवेदन ५ देखि ९ मंसिरसम्म हुने महासमिति बैठकमा पेस हुनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology