चिसाङ शेर्पा खोटाङ,
जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउस्थित विर्ता गुरुङडाडाँमा विहीबारे हाटबजार सुरुवात भएको हो । गाउँपालिकाको विभिन्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु स्थानीय स्तरमै विक्री वितरण गर्ने उद्देश्यले निर्मित हाटबजारको बिहीबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ मा बिनियोजित दुई लाख लगानीमा निर्माण भएको हटियामा ३६ वटा स्टल रहेका छन् ।
स्थानिय वागधन राईको जग्गामा निर्माण गरिएको हाटबजारमा हालका लागि अस्थायी चर्पी र एकवटा गोसखाना रहेको हाटबजार व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष शरण कुमार राईले बताए । केही समयअघि सञ्चालनमा आई वन्द भएको हाटबजारलाई गाउँपालिकाले पुनः व्यवस्थित ढंगले सुचारु गराएको हो । यसअघि गाउँपालिकाको सप्तेश्वर छितापोखरीस्थित पञ्चमीबजारमा सोमबार र टेम्मामा शनिवार हाट लाग्दै आएको छ ।

बजार उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख राईले गाउँपालिकाको लगानी र सबैको सहयोग तथा सहकार्यमा निर्मित बजारलाई निरन्तरता दिन आगामी दिनमा पनि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । स्थानीयवासीहरुको भोटले आफू निर्वाचित भएको स्मरण गराउदै गाउँपालिकाको साख राख्ने काममा निडर भएर लाग्ने बताए ।




क्याप्सन : बजार उद्घाटन गर्नुहुदैं दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ २१ गते साँझ ७ : ४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology