• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन होर्डिङ बोर्ड

बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन होर्डिङ बोर्ड


समायोजन खबर
  • बुधबार, भाद्र १३ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको तीनवटा वडाले वैदेशिक रोजगारी सम्बन्धी नागरिक समक्ष चेतनाको पहुँच पु¥याउन अभियान थालेको छ ।  धेरै व्यक्ति आउजाउ गर्ने ठाउँमा विदेश जानेहरुले ख्याल गर्नुपर्ने कुरा लेखिएको होर्डिङ बोर्ड राखेर बैदेशिक रोजगारीको चेतना पु-याउने अभियान थालेको हो ।  साझेदार संस्था नवकिरण सेवा समाज, सुरक्षित आप्रवासन सामि परियोजनाको सहजीकरण र नगरपालिकाको च्यास्मिटार, बडहरे र  सल्लेको लगानीमा होर्डिङ बोर्ड राखिएको सुरक्षित आप्रवासन सामि परियोजनाका सामाजिक परिचालक तारानाथ फुयल जानकारी दिनुभयो ।

     

    बोर्डमा सीप नसिकी जाँदाभन्दा सिकेर जाँदा विदेशको बसाई उपलब्धिपूर्ण हुने, निशुल्क सिक्न पाइने सीप बारेको जानकारी, विदेश जानेले एजेण्ट र म्यानपावरलाई पैसा दिँदा ख्याल गर्नुपर्ने कुरा, बैदेशिक रोजगारीमा लाग्ने कागजातको फोटोकपी सुरक्षित राख्नुपर्ने लगायतका जानकारी उल्लेख सहित विदेश जानुअघि सूचना र जानकारी दिने संघसंस्थाका जानकारी बोर्डमा लेखिएको छ ।

     

    होर्डिङ बोर्ड राखेपछि वडा नम्बर ९ सल्लेका वडाअध्यक्ष काशिराज राईले वडालाई सुरक्षित वैदेशिक रोजगार युक्त वडा बनाउन पनि पहल भइरहेको बताउनुभयो । बडहरेका वडाध्यक्ष किशोर बस्नेतले आफ्नो वडालाई सुरक्षित वैदेशक रोजगारयुक्त बनाउन विदेश जानेलाई सीप सिकेर, कागजपत्रहरुको फोटोकपी छाडेर मात्रै जान सिकाउने र विदेशमा रहेकाहरुबाट पनि कागजपत्रको फोटोकपी मगाइरहेको बताउनुभयो । यस्तै  च्यास्मिटारका वडाध्यक्ष भलराज राईले आफूले विदेश जानेहरुलाई सूचना केन्द्रमा पुगेर सूचना लिएर मात्रै विदेश जान जानकारी दिइरहेको बताउनुभयो ।
    २०७५ भदौ १३ गते अपरान्ह ३ : ४१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology