चिसाङ शेर्पा खोटाङ,
नेवार समुदायको लाखे नाच आजबाट दिक्तेल बजारमा सुरु भएको छ । हरेक वर्षको नाँग पञ्चमीबाट लाखे नाच सुरु हुने भएता पनि दिक्तेल बजारमा जनै पुर्णिमादेखी विधिवत रुपमा लाखे नाच सुरुवात गरिएको हो ।
दिक्तेल बजार सामाजिक गुठीको आयोजनामा लाखे नाचको पहिलो दिन दिक्तेल बजारमा नेवार समुदायले लाखेको मखुन्डो, चम्मर पहिरिएर, राक्षसको रुप धारण गरी ढोल, झ्याम्टा, बजाउदै नाच सहित बजार परिक्रमा गरेका छन् । वर्ष दिनमा एकपटक मनाईने लाखे नाचमा दिक्तेल बजारका नेवार समुदायमा रौनकता छाएको छ ।
दिक्तेल बजारमा हप्तादिन नाचिने लाखे नाच अन्तरगत पहिलो दिनको लाखे नाचमा बृद्धबृद्धा, युवायुवती, बालबालिकाको बाक्लो उपस्थिती रहेको थियो । लाखे नाच दिक्तेल बजारसहित ऐसेलुखर्क, बुईपा, दोर्पा दोवेला, सोल्मा, खाल्ले, खोटाङबजार, राजापानी, अर्खौले, चिसापानी, बराहपोखरी लगायतका स्थानमा लाखे देखाईने गरेको दिक्तेल बजार सामाजिक गुठीका साधारण सदस्य मनोज कुमार वजिमयले जानकारी दिए ।

पौराणिक किंवदन्ती अनुसार मजिपा भन्ने शहरमा नरभक्षी राक्षसको त्यहाँका एक युवतीसँग प्रेम बस्न पुगेको थियो । राक्षस मानवरुप लिएर ति युवतीलाई भेट्न आउने गर्दथ्यो । एकदिन त्यहाँको मानिसले राक्षसले युवतीलाई भेट्ने कुरा थाहा पाएर, राक्षसलाई समाति उक्त शहरका राजा भए ठाउँमा लगियो दिक्तेल बजार सामाजिक गुठीका साधारण सदस्य वजिमयले भने, त्यसपछि राजाले राक्षसलाई सजाय दिनुको सट्टामा एउटा शर्तमा छोड्न बताए ।
राक्षसले सोही शरहमा रही बालबच्चाको रक्षा गर्नुपर्ने शर्तलाई राक्षसले स्वीकार गरेपछि त्यही शहरमा राक्षस बालबच्चाकोे रक्षा गर्दै रहन थालेको पौराणिक किंवदन्ती रहेको छ । र, सोही राक्षसको सम्झनामा लाखे जात्रा मनाईने चलन रहि आएको छ । अहिले पनि मखुण्डो लगाएपछि मानव शरीरमा उक्त राक्षस आउने जन विश्वास रहि आएको छ ।
हप्तादिन लाखे नाचेपछि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट असत्य माथि सत्यको विजय हुने बिश्वास सहित कृष्णबाट लाखेलाई मारेर विधिवत रुपमा लाखे नाच सम्पन्न हुन्छ । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेस्थित भुल्केमा धार्मिक मेला लागेको छ । हरेक वर्ष जनै पूर्णिमाका दिन मुढेस्थित भुल्केमा धार्मिक मेला लाग्ने गरेको छ ।
मेलामा जिल्लाका टाढा टाढा स्थानहरुबाट धामिहरु आउँने र सो स्थानको मुहानको शुद्ध पानीमा स्नान गर्ने धार्मिक परम्परा रहेको मुढेका स्थानिय दाफुरी शेर्पाले बताए । वर्षदिनमा लाग्ने धार्मिक मेलामा धामिहरु आउने र धामि ज्ञानका आ,आफ्नो मन्त्र जप गरेर नाच्ने गर्दछन् । वर्षमा एकपटक लाग्ने धार्मिक मेलामा सयौ मानिसहरु जम्मा भएका थिए ।
क्याप्सन : दिक्तेल बजारमा देखाइएको लाखे नाच तस्विर, समायोजन खबर, २०७५ भदौ १० गते अपरान्ह ४ : २९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology