नारायण बस्नेत युएई,
खोटाङ सेवा समाज युएईको आयोजनामा संचालित प्रथम साँस्कृतिक धमाका २०१८ भव्यताका साथमा सम्पन्न भएको छ । प्रवासमा रहेका तथा नेपालबाट आएका नेपाली कलाकारहरुको साथमा शुक्रबार राती भब्य र सभ्य रूपमा साँस्कृतिक धमाका सम्पन्न भएको हो ।
‘मन वचन र कर्मले समाज सेवा’ गरौ भन्ने नारा र भावनासहित विभिन्न कार्यमा आपत्कालिन अवस्थामा उद्दार तथा राहत पु¥र्याउने उद्देश्यले आयोजना गरिएको प्रथम साँस्कृतिक धमाकामा चर्चित मेघास्टार राई इज किङ राजेश पायल राई, गायक जिविहाङ राई, मोडेल तथा डान्सर करिश्मा ढकाल र बर्षा थिङ लामाले आ,आफ्नो धमकेदार प्रस्तुती दिएका थिए । अन्य स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुती पस्केका थिए ।
युएईको प्रचण्ड गर्मीको प्रवाह नगरी विभिन्न शहरबाट बाक्लो उपस्थितिमा आएका नेपाली दर्शकलाइ राजेश पायल राईले दर्शन नमस्ते, दिक्तेल बजार, धरान धनुकुटा लगायतका दर्जनौ गीतबाट छमछमी नचाउदै मनोरञ्जन दिएका संस्थाका सचिव मेनुका राईले बताईन् ।
साँस्कृतिक धमाकासँगै भाग्यशाली चिट्ठा उपहार कार्यक्रम पनि भएको थियो । भाग्यशाली चिठ्ठामा जानू कुलुङ राईलाई प्रथम पुरस्कार ३२ इन्चको टिभी परेको थियो । भने, धमाका कार्यक्रममै युनिभर्शल अस्पतालका नेपाली डाक्टरद्वारा निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको संस्थाका अध्यक्ष हिमाल गुरुङले बताए । साँस्कृतिक धमाकामा नेपाल आदिवासी जनजाती महासंघ युएइका अध्यक्ष पासाङ शेर्पा, युएइमा रहेका नेपाली पत्रकार, बुद्दिजिवी, समाजसेवी, ब्यावसायीको उपस्थिती रहेको थियो ।
क्याप्स्न : गीत गाउदै राजेश पायल राई, तस्विर, नारायण बस्नेत, २०७५ भदौ १० गते बिहान ७ : ४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology