चिसाङ शेर्पा खोटाङ,
भरपर्दो ईन्टरनेट जडान नभएको भन्दै केपीलासगढी गाउँपालिकाले ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई चेतावनी दिएको छ । गाउँपालिकामा भर्चुवल नेटवर्क प्रालिले जडान गरेको ईन्टरनेट स्पीड गतीमा नचलेपछि ईन्टरनेट कम्पनीलाई चेतावनी दिएका हुन् ।
गएको बैशाख ३० गते गाउँपालिकासँग सहकार्यगरी साढे चार लाखमा जडान गरेको ईन्टरनेट कम्पनीले भने अनुसार नचलेपछि तत्काल सुधार गराउन निर्देशन दिइएको केपीलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । शिघ्र रुपमा ईन्टरनेटमा सुधार नआए कम्पनी बिरुद्ध मुद्दा चलाइने गाउँपालिका प्रमुखले बताए ।
कम्पनीले गाउँ कार्यपालिकाको कार्यालयमा एक एमविपिएस ईन्टरनेट सुविधा दिने भनेपनि हाल ५० केविपिएसदेखी एकसय केविपिएसमात्र ईन्टरनेट संञ्चालनमा छ । त्यही नेटपनि सेवाग्राही बढी हुंदा चल्दै नचल्ने गरेको केपीलासगढी गाउँपालिकाका आईटी अफिसर संगम खतिवडाले जानकारी दिए । ईन्टरनेट नचल्दा ईमेल र ईन्टरनेटका सम्पुर्ण काममा बाधा पुगेको छ । खाशगरी ईमेल गर्न र डाउनलोड गर्नमा समस्या भएको आईटी अफिसर खतिवडाले जनाएका छन् ।
बाक्सिलामा ईन्टरनेट सञ्चालन गर्नका लागि नुनथलाको महुरेडाडाँ र जालपाको माथिल्लो डाडाँ मसानेमा रिपिटर टावर राखेपनि लिंकमा अत्याधिक समस्या भएकाले ईन्टरनेट चलाउन सकस भएको भर्चुवल नेटवर्क प्रालि खोटाङका प्रतिनिधि कमल राईले बताए । आगामी १५ दिनमा अर्खौलेको बिजुले र बाक्सिलमा पुनः रिपिटर टावर राखेर भरपर्दो ईन्टरनेट सुविधा दिने राइले जिकिर गरेका छन् ।
२०७५ भदौ ६ गते बिहान ८ः ०० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology