समायोजन खबर खोटाङ,हलेसी तुवाचुङ नगरपालिकाले २२ जना पाठेघर खसेका महिलाहरुको पाठेघरको शल्यक्रिया गरिदिने भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका पाठेघर खसेका महिलाहरुकोे पाठेघरको निःशुल्क शल्यक्रिया गरिदिने भएको हो।
नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी विवेक पराजुलीका अनुसार स्वास्थ्य चौकी महादेवस्थान र स्वास्थ्य चौकी च्यास्मिटारमा महिलाहरुको प्रजनन रुग्णता सम्बन्धि स्कृनिङ शिविर राखेर पाठेघर खसेका २२ जना महिलाहरुको पहिचान गरिएको थियो।
स्कृनिङ शिविरमा २६ जना महिलाको पाठेघरको मुखको क्यान्सर(भिआइए पोजेटिभ)भएको देखिएको छ। नगरपालिकाको व्यवस्थापन र सामूदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी महादेवस्थानमा २० पुसमा र स्वास्थ्य चौकी च्यास्मिटारमा २१ पुसमा गरिएको शिविरमा कूल ४५५ जनाको निःशुल्क सुगर जाँचसहित स्वास्थ्य सेवा प्रदान गरिएको छ।
चाँडै सम्पूर्ण व्यवस्थापन मिलाएर पाठेघर खसेका २२ जना महिलाहरुलाई शल्यक्रियामा लगिनेछ। नगरपालिकाले विगत तीन वर्षदेखि पाठेघर खसेका ६४ जनामध्ये हालसम्म ४१ जनाको पाठेघरको सफल शल्यक्रिया गराईसकेको छ। बाँकीको हकमा भने उच्च रक्तचाप, सुगरका कारण शल्यक्रिया गर्न नसकिएको नगरपालिकाले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology