समायोजन खबर खोटाङ, साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूको जीवन सहज बनाउने उद्देश्यले सहायक सामग्री हस्तान्तरण तथा प्राविधिक सेवा उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले एक कार्यक्रमबीच अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायक सामग्री हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिहरूको प्राविधिक टोलीको उपस्थितिमा विभिन्न कारणबाट अपाङ्गता भएका साकेला गाउँपालिकाभित्रका १५ जना व्यक्तिहरूका लागि अर्थोपेडिक जुत्ता निर्माण गर्न खुट्टाको नापजाँच लिईएको छ। यस सेवाले अपाङ्गता भएका नागरिकहरूको दैनिक आवत–जावत र जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
सोही अवसरमा गाउँपालिका अध्यक्ष राईले वडा नम्बर ४ का ९ वर्षिय युवराज कटवाल र वडा नम्बर ५ का १० वर्षिय इजन खत्रीलाई सहायक सामग्री ह्वीलचियर हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईसहित जनप्रतिनिधि, कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अपाङ्गता कुनै कमजोरी नभई समाजले अवसर दिन नसक्दा उत्पन्न हुने अवस्था भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउने जिम्मेवारी राज्य र स्थानीय सरकारको हो। साकेला गाउँपालिका अपाङ्गता भएका नागरिकहरूको अधिकार, सम्मान र समावेशी विकासका लागि प्रतिबद्ध छ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology