समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा सिगानेका ५८ वर्षीय पदम रोक्काको कुटपिटबाट मृत्यु भएको छ।
सोही ठाउँका ५० वर्षीय दिल कुमार भुजेलको कुटपिटबाट रोक्काको मृत्यु भएको हो।
मादक पदार्थ सेवन गरी विवाद भई कुटपिट हुँदा रोक्काको घट्नास्थलमै आईतबार बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभयो।
कुटपिटमा संलग्न भुजेललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याउने कार्य भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology