• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकाको विभिन्न स्थानमा फ्रि वाइफाइ

साकेला गाउँपालिकाको विभिन्न स्थानमा फ्रि वाइफाइ


समायोजन खबर
  • बिहिबार, मंसिर १९ २०८२

  • समायोजन खबर खोटाङ, साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि वाइफाइ सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको हो। गाउँपालिकाले वडा नम्बर ५ मात्तिमस्थित पालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला र गाउँपालिकाको केन्द्रमा रहेको मानेभन्ज्याङ पार्कमा फ्रि वाईफाई सेवाको पहुँच विस्तार सुरु गरिसकेको छ।

    विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा पालिकाले उक्त स्थानहरुमा एक हजार एमविपिएस क्षमता बराबरको फ्रि वाईफाई विस्तार गरेको हो। पालिकाले वडा नम्बर २ को रतन्छास्थि साकेला (थान) पार्क र तावाभन्ज्याङ क्षेत्रमा समेत फ्रि वाईफाई जडान गर्ने तयारी गरेको छ। फ्रि वाईफाई सेवाको उपलब्धतासँगै सो क्षेत्रहरुमा सिसि क्यामेरा समेत जडान गरिएको छ। विभिन्न पूर्वाधारहरुको निर्माणसँगै पालिकाले उक्त स्थानहरुको गतिविधिको नियमित निगरानीका लागि सिसिक्यामेरा राखेको हो। पालिकाको केन्द्रमा बसेर उक्त स्थानमा हुनेगरेका गतिविधिको निगरानी गरिनेछ।

    गाउँपालिका अध्यक्ष रवि प्रकाश राईका अनुसार निःशुल्क वाइफाइ सेवाले इन्टरनेटको पहुँच नपाएका साकेलाबासी नागरिक, विद्यार्थी तथा बाहिरबाट घुम्नका लागि आउने आगन्तुक पाहुनाहरुलाई लाभ पुग्ने अपेक्षा गरिएको बताउनुभयो। अनलाइन कक्षा, ई–लाइब्रेरी, अनुसन्धान सामग्री तथा नयाँ–नयाँ प्रविधि सिक्न चाहनेहरूका लागि यो सेवा उपयोगी हुने उहाँको भनाई छ।

    डिजिटल पर्यटन प्रवर्द्धन, स्मार्ट पालिका निर्माण तथा डिजिटल साक्षरता विस्तारलाई पनि लक्षित गर्दै फ्रि वाइफाइको सेवा जडान गरिएको अध्यक्ष राईले बताउनुभयो। आगन्तुकहरूले स्थान सम्बन्धी जानकारी, डिजिटल नक्सा, अनलाइन पेमेन्ट तथा अन्य डिजिटल सेवा सहजै प्रयोग गर्न पाउने हुँदा फ्रि वाईफाई सेवाले पर्यटन प्रबर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको अपेक्षा छ।

    प्रविधिमैत्री सेवामा लगानी गर्दै साकेला गाउँपालिका ‘स्मार्ट पालिका’को अवधारणालाई मूर्तरूप दिन दिनरात लागि परिरहेको छ। फ्रि वाइफाइ सहितको प्रविधि विस्तारले भविष्यमा स्मार्ट सिसिटिभी, डिजिटल सूचना बोर्ड, अनलाइन सेवा प्रवाह लगायतका प्रणाली कार्यान्वयन गर्न सहज हुने अध्यक्ष राईको अपेक्षा छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology