समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विधार्थीलाई फेमेली केयर अस्पताल दिक्तेलमा उपचारमा छुट दिने व्यवस्था गरिएको छ।
युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसको पहलमा क्याम्पसका विधार्थीलाई औषधि र टिकटबाहेक अन्य उपचारको कूल खर्चमा ११ प्रतिशत छुट दिने व्यवस्था गरिएको हो।
आर्थिक स्थिति कम भएका विधार्थीलाई कागजातका आधारमा औषधि र टिकट बाहेकमा लाग्ने खर्चको कूल रकममध्ये १५ प्रतिशत छुट दिईने व्यवस्था मिलाईएको युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुस राईले बताए।
दुई वर्षसम्म लागू हुने उक्त सम्झौतालाई सोमबारबाट कार्यान्वयनमा ल्याईएको छ। क्याम्पस प्रमुख कृष्णबहादुर राईको रोहवरमा सम्झौता पत्रमा फेमेली केयर अस्पतालका अध्यक्ष जेपी राई र युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुस राईले हस्ताक्षर गर्नुभएको छ।
उक्त व्यवस्थाले क्याम्पसमा अध्ययनरत विधार्थी र आर्थिक स्थिति कम भएका विधार्थीहरुलाई उपचारमा राहत पुग्ने अपेक्षा गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology