• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालिका मृत्यु प्रकरण : बलात्कारपछि हत्या गरिएको भन्दै विरोध

बालिका मृत्यु प्रकरण : बलात्कारपछि हत्या गरिएको भन्दै विरोध


समायोजन खबर
  • बिहिबार, भाद्र ५ २०८२

  • प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनु हुँदै अनेरास्ववियु जिल्ला कमिटी खोटाङकी संयोजक शुशिला तिमिल्सना।

    समायोजन खबर खोटाङ, १२ वर्षीया बालिका तारा अछामीको बलात्कारपछि हत्या भएको भन्दै सत्यतथ्य छानविनको मागसहित जिल्लाका संघसंस्थाहरु विरोधमा उत्रेका छन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा भेटिएकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी अछामीको बलात्कारपछि हत्या भएको भन्दै १२ वटा संघसंस्था विरोधमा उत्रेका हुन्।

    अछामी हिङमाङको घरमा साउन २९ गते साँझ ६ बजेर ४० मिनेटमा काठको बलोमा कपडाको पासो लगाई झुण्डिएको अवस्था फेला परेकी थिइन्। तर, घट्नास्थल र शवको प्रकृति हेर्दा आत्महत्या नभई बलात्कारपछि हत्या हुनसक्ने आधारसहितको ज्ञापनपत्र बिहीबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई बुझाइएको छ।

    जनप्रतिनिधि आइ नपुग्दै शव प्याकिङ गरिएको, कम्मरमूनी अंग नाङगो अवस्थामा भेटिनु, घट्नास्थलमा विज्ञ र फोरेन्सिक जनशक्तिको प्रयोग नहुनु, १२ वर्षकै उमेरमा डिप्रेशन वा तनावको कारण आत्महत्या गर्नसक्ने संम्भावना न्यून हुनु, टिसर्ट र सुत्ली डोरीको प्रयोग गरी खुट्टा टेकिएकै अवस्थामा झुण्डिएको हुनु र घट्नास्थलमा पटक-पटक प्रहरी परिचालन गराइ अनुसन्धानलाई तीव्रता दिनुपर्नेमा त्यसो नगरिनुले आत्महत्या हुनसक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग काठमाण्डौ, मानव अधिकार तथा सामाजिक न्याय मञ्च केन्द्रीय समितिलाई बोधार्थसहित बुझाईएको ज्ञापन पत्रमा बालिकाको न्यायको लागि आवश्यक परे जस्तोसुकै संघर्ष गर्न प्रतिवद्धता रहेको उल्लेख छ।

    अनेरास्ववियु जिल्ला कमिटी, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च जिल्ला समिति, महिला एकता अध्ययन केन्द्र, बालसेवा समाज, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, अखिल नेपाल महिला संघ, महिला उद्यमी संघ, खोटाङ दलित उद्यमी सहकारी संस्था, गैर सरकारी संस्था महासंघ लगायतका १२ वटा संघसंस्थाका तर्फबाट बालिकाको न्याय र सत्यतथ्य छानविनका लागि ज्ञापनपत्र बुझाईएको अनेरास्ववियु जिल्ला कमिटी खोटाङकी संयोजक शुशिला तिमिल्सनाले बताईन्।

    घट्नालाई लिएर जिल्लामा व्यापक विरोध भईरहेको छ। पोष्टमार्टम रिपोर्टबाट केही प्रमाण फेला परेमा कानून बमोजिम कारबाही हुनेगरी बालिकाको बुबा टेक बहादुर सार्कीले प्रहरीमा भदौ १ गते किटानी जाहेरी दिएका छन्। सोही दिन बालिकाको शवलाई पोष्टमार्टम गरी गाडीको हुटमा राखेर अर्खौले लगी अन्त्येष्टि गरिएको छ।

    पोष्टमार्ट रिपोर्ट आउन भने महिना दिनदेखी डेढ महिनासम्म लाग्ने बताईएको छ। बालिकाको कम्मरमूनि कपडा नहुनुले बलात्कारपछि हत्या भएको हुनसक्ने प्रशस्त आधार देखिएको एकजना युवाले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology