• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

औषधि सेवन गरी गर्भपतन गराउने महिला र मेडिकल व्यवसायी पक्राउ

औषधि सेवन गरी गर्भपतन गराउने महिला र मेडिकल व्यवसायी पक्राउ


समायोजन खबर
  • बुधबार, साउन २९ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङमा औषधि सेवन गरी गर्भपतन गराउने महिला र औषधि विक्री गर्ने मेडिकल व्यवसायी पक्राउ परेका छन्।

    आफ्नो पेटमा रहेको १७ हप्ताको गर्भ औषधि सेवन गरी गर्भपतन गराउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी एकजना महिला पक्राउ परेकी हुन्।

    गर्भपतन गर्न गराउन महिलालाई सहयोग गर्ने खाल्लेकै एकजना जना पुरुष र एकजना महिला पनि पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु सबैको नाम गोप्य राखिएको छ।

    स्थानीयहरुबाट आएको जानकारीको आधारमा र घट्नास्थलमा गर्भपतन गराएको भेटिएपछि महिला र उनका सहयोगी दुई जनालाई साउन २३ गते बिहान खाल्लेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए।

    प्रहरी निरीक्षक मिश्रका अनुसार गर्भपतन गराउने औषधि विक्री गर्ने दिक्तेलबजारका एकजना मेडिकल व्यवसायीलाई पनि आज(बुधबार) पक्राउ गरिएको छ। पक्राउ परेका चारजना विरुद्ध गर्भ संरक्षण विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology