• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नुनथलाका अग्नी पीडितलाई मुलडाँडाबासीले दिए राहत

नुनथलाका अग्नी पीडितलाई मुलडाँडाबासीले दिए राहत


समायोजन खबर
  • बिहिबार, साउन २३ २०८२

  • अग्नी पीडितलाई राहत रकम हस्तान्तरण गर्नुहुँदै वडा सदस्य रिमाल कुमार शेर्पा लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका अग्नी पीडित परिवारलाई नुनथलाकै मुलडाँडाबासीले राहत प्रदान गरेको छ। अग्नी पीडित जित बहादुर तामाङको परिवारलाई बिहीबार बिहान १५ हजार ३८० रुपैयाँ राहत सहयोग गरेको हो।

    मुलडाँडा, गैरी, चामखर्क लगायत साविक वडा नं. ८ का ३८ जना स्थानीयबाट सहयोग संकलन गरी राहत रकम उपलब्ध गराईएको मुलडाँडाका स्थानीय एवंम् नेकपा माओवादी केन्द्रका नेता ढकराज शेर्पाले जानकारी दिए। राहत रकम पीडितको घरैमा पुगेर वडा सदस्य रिमाल कुमार शेर्पा लगायतले हस्तान्तरण गरेका हुन्।

    अग्नी पीडित परिवारलाई वडा कार्यालयले साउन १९ गते चामल, तेल, चिनी, साबुन लगायतका खाद्य सामग्री सहयोग गरेको थियो। केही समयपछि १० हजार राहत रकम उपलब्ध गराइने वडाध्यक्ष भगेश्वर राईले बताए।
    यस्तै, अग्नी पीडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार सहयोग गरेको थियो। अग्नी पीडितलाई स्थानीय तथा शुभेच्छुकहरुले पनि खाद्य तथा जीन्सी सामाग्री र आर्थिक सहयोग गरिरहेका छन्।

    घर जलेपछि अग्नी पीडित परिवार भुकम्प प्राधिकरणबाट निर्मित घरमा बसीरहेका छन्। साउन १८ गते साँझ ६ बजे घरभित्र रहेको चुलोबाट अचानक आगो सल्किदा तामाङको घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट हुँदा करीव १३ लाखको क्षति भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology