• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सेनाको स्वास्थ्य शिविरबाट १५८ जना लाभान्वित

सेनाको स्वास्थ्य शिविरबाट १५८ जना लाभान्वित


समायोजन खबर
  • बुधबार, असार २५ २०८२

  • तस्वीर सौजन्य:रणभीम गण मुढे।

    समायोजन खबर खोटाङ, रणभीम गणले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १५८ जना नागरिकले सेवा लिएका छन्।हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित स्वास्थ्य चौकीमा बुधबार आयोजना गरिएको एकदिने शिविरमा ८४ जना महिला र ७४ जना पुरुषले स्वास्थ्य परीक्षण गराएका थिए।
    स्वास्थ्य परीक्षण गराएकालाई आवश्यकता अनुसार निशुल्क औषधि पनि वितरण गरिएको रणभीम गणले जनाएको छ। शिविरका लागि जिल्ला अस्पतालले चिकित्सिक र औषधि तथा स्वास्थ्य कार्यालयले प्राविधिक र औषधि सहयोग गरेका थिए।रणभीम गणका गणपति प्रमुख सेनानी केदार प्रसाद लामिछानेको कमाण्डमा आयोजना गरिएको शिविरमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेशकुमार राउत, जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रुपेश संग्रौला, जिल्ला स्वास्थ्य कार्यालका प्रमुख जीवन चौलागाई, अर्खौलेका वडाध्यक्ष अर्जुन पुरी लगायतको उपस्थितति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology