समायोजन खबर खोटाङ, खोटाङमा कोभिड–१९ रोग विरुद्धको थप बुस्टर फाइजर खोप लगाउन सुरु गरिएको छ।
कोरोना भाइरसको महामारी पुनः फैलिन थालेको तथा कतिपय स्थानमा मानिसको मृत्यु नै हुन थालेपछि पहिला कोभिडको खोप लगाई सकेकालाई बुस्टर फाइजर खोप दिन सुरु गरिएको हो।
असार १५ गते जिल्ला समन्वय समितिको वैठक हलमा कार्यक्रम गर्दै असार १५ गतेदेखि २० गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका नागरिकलाई बुस्टर फाइजर खोप लगाईने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताउनुभयो।
चौलागाँइका अनुसार सुरुमा फ्रन्ट लाइनमा खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र त्यसपछि पहिला कोभिड–१९ विरुद्धको खोप लगाईसकेका १२ वर्षमाथिका सम्पूर्णलाई खोप लगाईनेछ।
जिल्ला समन्वय समिति प्रमुख एवंम् जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राई, समन्वय उपप्रमुख सुरेश तामाङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतलाई खोप लगाएर खोप अभियान सुरु गरिएको छ। खोप सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरुबाट र विद्यालयबाट लगाईने जनाईएको छ। दुई नगरपालिकामा २० हजार डोज बुस्टर फाइजर खोप दिने लक्ष्य राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ जिल्लामा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट इलामकी ४१ वर्षीया महिलाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology