समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा जन्मेदेखि १५ महिनामूनिका २२३ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ६१५ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि असार १३ गते पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।
पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणासँगै जिल्ला खोप समन्वय समिति संयोजक एवंम् जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका अध्यक्ष समीर राईलाई हस्तान्तरण गरेका छन्।
गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ,गाउँपालिका उपाध्यक्ष गुरुराज राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौ धन राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई लगायतको उपस्थिति थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology