• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बराहपोखरी र खोटेहाङ ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा

बराहपोखरी र खोटेहाङ ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा


समायोजन खबर
  • मंगलबार, जेष्ठ २८ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।

    चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका १७४ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ४५३ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि जेठ २७ गते बराहपोखरीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

    पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणासँगै जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका अध्यक्ष सालिकराम बन्जारालाई हस्तान्तरण गरेका छन्।

    यस्तै, जेठ २६ गते खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। जन्मेदेखि १५ महिनासम्मका २१२ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ७०५ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि खोटेहाङलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको होे।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology