• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पूर्व समन्वय समिति प्रमुख चाम्लिङ र कवि शर्मा सम्मानित

पूर्व समन्वय समिति प्रमुख चाम्लिङ र कवि शर्मा सम्मानित


समायोजन खबर
  • आइतबार, जेष्ठ ५ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङका पूर्व जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा सम्मानित हुनुभएको छ।

    दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तर्गत जेठ ४ गते भएको खुल्ला साहित्यिक महोत्सव कार्यक्रममा लफ्याङका चाम्लिङ र सुनसरीकी शर्मा सम्मानित हुनुभएको हो।

    उहाँहरुलाई माटिकोरेस्थित बहुउद्देश्य कबर्डहलमा जनही ११ हजार १११ रुपैयाँसहित दोसल्ला ओढाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए।
    चाम्लिङ पूर्व कार्यक्रम संयोजक हुनु भएकाले र नेपाली साहित्य क्षेत्रको विकासमा योगदान गरे बापत शर्मालाई सम्मान गरिएको हो। चाम्लिङलाई सहायक प्रमुख जिल्ला अधिकारी सागर शाह र शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले सम्मान गर्नुभएको थियो।

    खुल्ला साहित्यिक महोत्सवमा देशका लब्ध प्रतिष्ठित कविहरुले साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो। दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तर्गत गत बैशाख २७ गते हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता भएको थियो। हाफ म्याराथनको सबै उपाधी आर्मीले जितेको थियो।

    यस्तै, बैशाख ३० गतेदेखि ३१ गतेसम्म जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय बुद्धिचाल र माटिकोरेस्थित बहुउद्देश्य कबर्डहलमा टेवलटेनिस प्रतियोगिता भएको थियो। राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी पूर्वनेपाल च्याम्पियन ललितपुरका बद्रीलाल नेपालीले जित्नु भएको थियो। भने, खुला राष्ट्रिय टेवलटेनिस प्रतियोगिता अन्तर्गत सिनियर पुरुषतर्फ एभिएम टेवलटेनिस क्लब ललितपुरका सुजन गदाल प्रथम, जुनियर महिलातर्फ एभिएम टेवलटेनिस क्लब ललितपुरकी साइरा शाक्य र जुनियर पुरुषतर्फ एभिएम टेवलटेनिस क्लब ललितपुरकै जयस्नु महर्जन प्रथम भएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology