• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ र ऐसेलुखर्कमा सबैभन्दा कम बेरुजु,साकेलामा सबैभन्दा धेरै

हलेसी तुवाचुङ र ऐसेलुखर्कमा सबैभन्दा कम बेरुजु,साकेलामा सबैभन्दा धेरै


समायोजन खबर
  • बिहिबार, जेष्ठ २ २०८२

  • हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय।

    समायोजन खबर खोटाङ, महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा कम बेरुजु देखाएको छ। हलेसीमा ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार बेरुजु देखाएको छ।

    ऐसेलुखर्क गाउँपालिकामा ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार र रावाबेशी गाउँपालिकामा ०.७३ प्रतिशत अर्थात ६५ लाख ७६ हजार बेरुजु देखाएको छ।

    महालेखापरीक्षकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले साकेला गाउँपालिकामा सबैभन्दा बढी बेरुजु औल्याएको छ। त्यहाँ २.४३ प्रतिशत अर्थात दुई करोड ७१ लाख दुई हजार बेरुजु देखिएको छ। साकेलामा पाँच वटा वडा रहेको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १.२४ प्रतिशत अर्थात दुई करोड ८५ लाख दुई हजार, केपिलासगढी गाउँपालिकामा ०.४८ अर्थात ७९ लाख ५२ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १.०७ प्रतिशत अर्थात एक करोड २२ लाख छ हजार बेरुजु देखिएको महालेखाले जनाएको छ।

    यसैगरी, बराहपोखरी गाउँपालिकामा १.८८ अर्थात एक करोड ५३ लाख ५४ हजार, जन्तेढुंगा गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ४२ लाख ५६ हजार र खोटेहाङ गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ८८ लाख ४३ हजार बेरुजु देखिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology