समायोजन खबर खोटाङ, दिक्तेल युवा समाज र कांग्रेसको भातृ संगठन तरुण दल दिक्तेल नगर समितिले स्वास्थ्यमा गम्भीर समस्या आएका रमेश दर्जीलाई आर्थिक सहयोग गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका ३२ वर्षीय दर्जीको उपचारका लागि दिक्तेल युवा समाजले १५ हजार ९०० र तरुण दलले १९ हजार ६५० रुपैयाँ सहयोग गरेको हो।
उपचाररत दर्जीसम्म पुग्नेगरी सोमबार दिक्तेलमा धु्रवकला राईलाई उक्त पैसा प्रदान गरिएको तरुण दल दिक्तेल नगर समिति सभापति दिवासन राईले जानकारी दिए।
बैशाख १८ गते बेलुकीबाट एक्कासी दर्जीको स्वास्थ्य अवस्था बिग्रिएर नचल्ने अवस्थामा पुगेको थियो। उपचारमा जिल्ला अस्पताल दिक्तेल ल्याईए पनि यहाँ संम्भव नभएकाले उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्पमा रिफर गरिएको थियो।
हाल उनको त्यहाँ उपचार भईरहेको छ। दर्जीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार गर्नमा सहयोग गरिदिन निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले आग्रह गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology