समायोजन खबर खोटाङ, आन्दोलनरत चिकित्सकहरुले बन्द गराएको जिल्ला अस्पताल खोटाङको ओपीडी सेवा सुचारु भएकोे छ।
आइतबारदेखि अनिश्चितकाललाई बन्द गरिएको ओपीडी सेवा भोलिपल्ट सोमबारबाट पुनः सुचारु भएको हो।
नेपाल चिकित्सक संघको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै ओपीडी सेवा सुचारु गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर रुपेश संग्रौलाले बताए।
‘आन्दोलनप्रति ऐक्यबद्धता छदैछ। ओपीडी बन्द गर्दा दूरदराजबाट आएका नागरिकले शास्ती खेप्नु प¥र्यो। आन्दोलन चल्दै गरे पनि नागरिकको समस्यालाई मध्यनजर गरेर ओपीडी चलाएका हौ।’ डाक्टर संग्रौलाले भने।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै चिकित्सकहरु २६ दिनदेखि आन्दोलनरत छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology