• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पताल खोटाङका चिकित्सक आन्दोलनमा,आकस्मिक बाहेकका सेवा ठप्प

जिल्ला अस्पताल खोटाङका चिकित्सक आन्दोलनमा,आकस्मिक बाहेकका सेवा ठप्प


समायोजन खबर
  • शुक्रबार, बैशाख १२ २०८२

  • प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई चिकित्सकका माग र मुद्दा लिखित रुपमा बुझाउँदै जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर रुपेश संग्रौला लगायत।

    समायोजन खबर खोटाङ, नेपाल चिकित्सक संघको आव्हानमा जिल्ला अस्पताल खोटाङका चिकित्सकहरु आन्दोलनमा निस्केका छन्। प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई शुक्रबार चिकित्सकका माग र मुद्दाका विषय लिखित रुपमा जानकारी गराउँदै आन्दोलनमा निस्केका हुन्।

    जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर रुपेश संग्रौलाको नेतृत्वमा प्रशासन पुगेका चिकित्सकहरुले संघको आव्हान अनुसार आफूहरु आन्दोलनमा उत्रिनु परेको र संघकै निर्देशन अनुसार आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। यद्यपी, जिल्ला अस्पतालमा शुक्रबार ओपिडी सेवा सन्चालन गरिएको डाक्टर संग्रौलाले बताए।

    निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै चिकित्सकहरु २३ दिनदेखि आन्दोलनरत छन्।

    संघले बैशाख ११ गते देशैभरका जिल्ला प्रशासन घेराउ गर्न साथै २४ घण्टाभित्र सरकारले माग सम्बोधन नगरे बैशाख १२ अर्थात आजैदेखी देशभरका नीजि तथा सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्न चिकित्सकहरुलाई निर्देशन दिएको थियो।

    आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा पर्ने देखिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology