• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भ्वाइसको लाइभ राउण्डमा रोशन र इन्द्रकला

भ्वाइसको लाइभ राउण्डमा रोशन र इन्द्रकला


समायोजन खबर
  • सोमबार, चैत्र १७ २०८१

  • इन्द्रकला राई,रोशन राई।

    समायोजन खबर खोटाङ, गायक रोशन राई र इन्द्रकला राई हिमालय टेलिभिजनबाट प्रसारित रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को लाइभ राउण्डमा प्रवेश गरेका छन्।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका रोशन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी इन्द्रकला नकआउट चरण पार गरेर लाइभ राउण्डमा प्रवेश गरेका हुन्।

    रोशन टिम मेलिना राईबाट र इन्द्रकला टिम खेम सेञ्चुरीबाट लाइभ राउण्डमा पुगेपछि उनीहरुका समर्थक तथा शुभेच्छुकहरुले सामाजिक सञ्जाल फेसबुक, टिकटकबाट खुशी साटेका छन्। भोट गर्न अपिल गरिरहेका छन्।

    लाइभ राउण्डमा पुगेका रोशन र इन्द्रकलालाई खल्ती एपबाट भोट गर्न सकिनेछ। उनीहरुलाई आउने शुक्रबारको अन्तिम प्रस्तुती नसकेसम्म भोट गर्न सकिनेछ। भ्वाइस अफ नेपाल साप्ताहिक रुपमा शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने गर्दछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology