समायोजन खबर खोटाङ, जिल्ला ब्याडमिन्टन संघ खोटाङले दुबै मिर्गौला ड्यामेज भएका ब्याडमिन्टन खेलाडीलाई आर्थिक सहयोग छ।
संघले दिक्तेलबजारका मिर्गौला ड्यामेज भएका विनोद गजमेरलाई १ लाख ८९ हजार ८५० रुपैयाँ सहयोग गरेको हो।
संघको पहलमा माघ १९ गतेबाट चैत ६ गतेसम्म दिक्तेलबजारबासी, ब्याडमिन्टन खेलाडी र शुभेच्छुकहरुबाट संकलन भएको सहयोग रकम गजमेरका सासूआमालाई बिहीबार कबर्डहलमा हस्तान्तरण गरिएको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष आशिष थापाले बताए।
करीव सात महिनाअघि दुबै मिर्गौला ड्यामेज भएका गजमेर यतिबेला शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण लागि उपचाररत छन्। उनलाई श्रीमतीले एकवटा मिर्गौला दिने सहमति भई प्रत्यारोपणको प्रक्रिया चलिरहेको छ।
मिर्गौला प्रत्यारोपण गर्नलाई २५ लाख माथि रकम लाग्ने भएकाले सबैलाई सहयोग गर्न गजमेरले आग्रह गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology