• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा निःशुल्क आँखा जाँच शिविर सुरु

केपिलासगढीमा निःशुल्क आँखा जाँच शिविर सुरु


समायोजन खबर
  • सोमबार, चैत्र ३ २०८१

  • आँखा जाँच शिविरमा आँखाको जाँचपछि आराम गर्दै महिला ज्येष्ठ नागरिकहरु। तस्विर सौजन्यःसमिर राईको सचिवालय

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ। बाक्सिलास्थित स्वास्थ्य चौकीमा सोमबारदेखि तीनदिनका लागि शिविर सुरु भएको हो।

    नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति खोटाङको आयोजना, सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोग र गाउँपालिकाको बन्दोबस्तमा भएको शिविरको पहिलो दिन १६९ जना नागरिकले आँखा जाँच गराएका छन्।

    शिविरमा १५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ। १४० जनाले निःशुल्क आँखा सम्बन्धी रोगको औषधि लगेको र ८ जना ज्येष्ठ नागरिकले निशुल्क पावरवाला चस्मा लैजानु भएको नेत्र ज्योति संघ जिल्ला कार्य समिति खोटाङका सभापति इन्द्र कसजुले बताए।

    शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरीसहित १५ जना चिकित्सक बाक्सिला आएका छन्। आफ्नै गाउँठाउँमा भएको शिविरबाट गाउँपालिकाभित्रका दृष्टिविहिन, न्यून दृष्टि र मोतिविन्दु भएका बिरामीहरुले लाभ लिईरहेको गाउँपालिका अध्यक्ष समिर राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology