• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीबजारका अग्नी पीडितलाई राहत रकम वितरण

हलेसीबजारका अग्नी पीडितलाई राहत रकम वितरण


समायोजन खबर
  • सोमबार, चैत्र ३ २०८१

  • अग्नी पीडितलाई राहत रकमको चेक हस्तान्तरण गर्नुहुँदै हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबजारका अग्नी पीडितलाई राहत वितरण गरिएको छ। फागुन ४ गते ग्यास लिक भई आगलागी हुँदा पीडित बनेका चार परिवारलाई आईतबार महादेवस्थान वडा कार्यालयमा राहत रकम वितरण गरिएको हो।

    आगलागी भएको भोलिपल्ट(५ फागुनमा) हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले अग्नी पीडितलाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई महिना सहयोग संकलन गर्ने र १५ दिनमा संकलन रकम पीडितलाई दिने निर्णय गरेको थियो।

    यद्यपी, विविध कारणले १५ दिनमै राहत रकम हस्तान्तरण गर्न नसकिए पनि फागुन मसान्तसम्म संकलन भएको २२ लाख रकममध्ये आगलागीबाट पुर्ण क्षति व्यहोरेका पदमशेर राई र ओइराख राईलाई ९ लाखका दरले तथा आंशिक क्षति व्यहोरेका प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई २ लाखका दरले राहत वितरण गरिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए।
    राहत रकमको चेक हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले पीडितहरुलाई हस्तान्तरण गर्नुभएको थियो। राहत रकम संकलन अभियान दुई महिनासम्म चल्ने भएकाले इच्छुकहरुलाई सहयोग गर्न आग्रह गरिएको छ।
    पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा लागेको आगोले पुर्णरुपमा घर जल्दा चार करोड, पदमशेरकै बायाँ साइडमा रहेको ओइराखको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको थियो।

    दाहिने साइडमा रहेको प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणशेरको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाख गरी कूल ७ करोड ३० लाखको क्षति भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology