• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिला दिवसमा नृत्य प्रतियोगिता

महिला दिवसमा नृत्य प्रतियोगिता


समायोजन खबर
  • शनिबार, फाल्गुन २४ २०८१

  • समायोजन खबर खोटाङ, ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नृत्य प्रतियोगिता गराएको छ।

    शनिबार दिक्तेलस्थित समिक्षालय हलमा महिलाहरुको सामूहिक नृत्य प्रतियोगितामा जालपाको ज्योति समूह प्रथम, दिक्तेलको लालीगुराँस समूह दोश्रो र बुईपाको चम्पावती समूह तेश्रो भएको छ।
    नृत्य प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने समूहलाई क्रमश ९ हजार, ७ हजार, ५ हजार र सान्त्वना हुने दिक्तेलकै समावेशी समूहलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका महिला विकास शाखा प्रमुख इरन राईले बताए।

    प्रतियोगितामा १४ समूहले भाग लिएको थियो। भाग लिएका अन्य १० समूहलाई भने यातायात खर्च स्वरुप प्रति समूह १ हजार प्रदान गरिएको छ। नारीहरुको हक अधिकार र राष्ट्रभाव बोल्ने गीतमा नृत्य प्रतियोगिता गराईएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology