समायोजन खबर खोटाङ,खोटाङको दिक्तेलबजारमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति विधार्थी महासंघ जिल्ला कार्य समितिले दुई महिने तयारी कक्षा सञ्चालन गरेको हो।
आगामी बैशाख २१ गतेसम्म सञ्चालन हुने तयारी कक्षाको बुधबार जिल्ला समन्वय समितिको सभाहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ब्यानर बाचन गरेर उद्घाटन गरेका छन्।
तयारी कक्षा दिक्तेलबजारको सरस्वती माविमा प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ।
दुई महिना अवधिभर खरिदार, नायब सुब्बा, प्रदेश निजामती र स्थानीय सेवाको सहायक चौथो र पाँचौेको तयारी कक्षा सञ्चालन हुने आदिवासी जनजाति विधार्थी महासंघका जिल्ला अध्यक्ष सोनामहाङ राईले बताए।
राईका अनुसार न्युनतम ६० जना विधार्थीलाई तयारी कक्षामा समेटिने छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology