• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरी र स्वास्थ्यकर्मीले लिए पत्रकारिता तालिम

प्रहरी र स्वास्थ्यकर्मीले लिए पत्रकारिता तालिम


समायोजन खबर
  • मंगलबार, फाल्गुन १३ २०८१

  • प्रहरी नायब निरीक्षक कोपिला भुजेल(बाँया)र प्रहरी जवान अनुषा मगर।

    समायोजन खबर खोटाङ, पत्रकार महासंघ जिल्ला शाखा खोटाङले ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न ग¥र्यो। दिक्तेलस्थित समिक्षालय हलमा ९ फागुनबाट सुरु भएको तालिम १३ फागुनमा सम्पन्न भयो।
    घरेलु तथा साना उद्योेगको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा २५ जना सहभागी थिए। कोपिला भुजेल, अनुषा मगर र सुरेश प्रधान अन्य सहभागीभन्दा फरक पेशाका थिए।
    कोपिला प्रहरी नायब निरीक्षक हुन्। उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। उनीसँगै तालिममा सहभागी अनुषा प्रहरी जवान हुन्। उनी पनि जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्।

    सुरेश अहेव हुन्। उनी दिप्रुङ चुईचुम्मा गाउँपालिकाको हेल्लो डाक्टर कार्यक्रमका समन्वयकर्ता हुन्। समन्वयसँगै सुरेशले सातै वडाको नागरिकको घर–घरमा पुगेर स्वास्थ्य सेवा दिन्छन्।सुरेश प्रधान

    उनीहरुसँगै उच्च शिक्षा अध्ययन गरिरहेका विधार्थी र पत्रकारिता सिक्दै गरेका युवायुवतीहरु तालिममा सहभागी थिए। उनीहरु पत्रकारिता सिकेर केही गरौं भन्ने सोचले तालिममा आएका थिए भने, कोपिला, अनुषा र सुरेश सिकेका ज्ञान तत्काल व्यवहारमा लागू गर्ने उद्देश्यले तालिमका आएका थिए।

    जिल्ला प्रहरी कार्यालयले ‘नागरिकसँग प्रहरी कार्यक्रम’ उत्पादन गरेर हलेसी एफएममा प्रसारण गर्छ। त्यो कार्यक्रम प्रहरी जवान अनुषाले उत्पादन गर्छ। कार्यक्रम उत्पादनमा थप सहयोग पुग्ने उद्देश्यले अनुषा तालिममा आएकी हुन्। कोपिला अनुषालाई समन्वय, सहकार्य गर्दै सूचना लिनदिन सहयोग गर्न र तालिमले निकट भविष्यमा आफूलाई थप सहयोग पुग्ने भएकाले सहभागी भएकी हुन्।सहभागीताको प्रमाणपत्र लिनुहुँदै प्रहरी नायब निरीक्षक कोपिला भुजेल।

    गाउँपालिकाले सञ्चालन गरिरहेको हेल्लो डाक्टर कार्यक्रमको रिपोर्टिङ गरेर समाचार उत्पादन गर्ने उद्देश्यले तालिममा सहभागी भएको सुरेश बताउँछन्। सूचना आव्हान गरेरै पत्रकारितामा रुचि राख्नेहरुलाई जम्मा गराएर आधारभूत पत्रकारिता तालिम दिईएको महासंघका जिल्ला अध्यक्ष हरिबोल आचार्यले बताए। अहिले तालिम लिएकाहरुका लागि निकट भविष्यमा ‘एडभान्स’ तालिम दिने योजना बनाएका छौ। आचार्यले भने।
    पत्रकार दमन राई, डम्बर सिं राई, दिलीप खत्री, भिम राई, उत्तम चौलागाँईले पत्रकार, पत्रकारिता, समाचार लेखन, वाचन, मोवाईल पत्रकारिताका विषयमा सहजीकरण गरेका थिए। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हिराधन राईले सूचनाको हक सबन्धी, अधिवक्ता ओमप्रकाश घिमिरेले पत्रकारितामा कानूनी भाषा र उप–प्राध्यापक ध्रुव श्रेष्ठले पत्रकारिता र समाजशास्त्र विषयमा सहजीकरण गरेका थिए।

    तालिममा सहभागीहरुलाई सहभागीताको प्रमाणपत्र दिंएर विदाई गरिएको महासंघका सचिव राजकुमार भट्टराईले जानकारी दिए। प्रमाणपत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले वितरण गरेका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology