• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा आधारभूत पत्रकारिता तालिम

दिक्तेलमा आधारभूत पत्रकारिता तालिम


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ९ २०८१

  • समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु गराएको छ। घरेलु तथा सानो उद्योग खोटाङको आर्थिक सहयोगमा शुक्रबारदेखि दिक्तेलस्थित समिक्षालय हलमा तालिम सुरु गराएको हो।

    तालिममा २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको महासंघका सचिव राजकुमार भट्टराईले बताए। भट्टराईका अनुसार तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार दमन राई, प्रशिक्षकहरुमा कृष्ण आचार्य, डम्बर सिं राई, दिलीप खत्री, भिम राई, उत्तम चौलागाँई छन्।

    तालिमको उदघाटन सत्रमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हिराधन राईले सूचनाको हक सम्बन्धि र प्रमुख प्रशिक्षक राईले पत्रकारिताको परिचयका विषयमा सहजीकरण गरेका थिए।
    पत्रकारिता र समाजशास्त्रको विषयमा उप-प्राध्यापक ध्रुव श्रेष्ठ र पत्रकारितामा कानूनी विषयमा अधिवक्ता ओमप्रकाश घिमिरेले सहजीकरण गर्ने कार्यक्रम छ।

    तालिमको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्बन्धि समाचार वाचन गरेर उदघाटन गर्नुभएको थियो। जिल्लाको पत्रकारितामा जनशक्ति थप गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष हरिबोल आचार्यले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology