समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारबाट डेढ लाख बढी मुल्यको म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरिएको छ।
बजार अनुगमन समिति संयोजक एवंम् निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईको नेतृत्वमा फागुन ३ गते बजार अनुगमन गरेर एक लाख ६५ हजार ८७१ रुपैयाँको म्याद गुज्रेका खाद्य वस्तुहरु जफत गरिएको हो।
अनुगमनका क्रममा सबैभन्दा बढी पेप्सी, फ्यान्टा, सेभेनअप, डिउ, मिरिण्डा, कोक, जुस, स्प्राईट, फ्रुटी, चकलेट, चिप्स, पानीपुरी, तेल, बिस्कुट, चामल, आटा, सोयाबिन, स्याम्पु, भुजा, पापड, हर्लेक्स, मसला लगायतका ३७ किसिमका म्याद गुज्रेका खाद्य वस्तुहरु जफत गरिएको घरेलु तथा साना उधोगका उधोग अधिकृत भेषराज खत्रीले बताउनुभयो।
म्याद सकिई अखाद्य भएका वस्तुहरुलाई इलाका प्रहरी कार्यालय हलेसी नजिकै जलाएर नष्ट गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology