समायोजन खबर खोटाङ, सडक दुर्घटनामा ज्यान गुमाएका रावाबेंशी गाउँपालिका–३ लामिडाँडा चिउरीबाँसका बिद्यार्थी नेता मिलन राईको अर्धकदको प्रतिमा अनावरण गरिएको छ। चिउरीबाँसस्थित उनको समाधिस्थलमा रहेको मिलन राई स्मृति पार्कमा प्रतिमा अनावरण गरिएको हो।
मिलन राई स्मृति प्रतिष्ठानले निर्माण गरेको प्रतिमा आईतबार आठौं स्मृति दिवसका अवसरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले अनावरण गर्नुभएको हो।
प्रतिमा अनावरण कार्यक्रममा दिवंगत मिलनका बुबा जय बहादुर राई, माईलो दाई जीत बहादुर राई, एमाले कोशी प्रदेश कमिटी उपसचिव देवान राई, लामिडाँडाका वडाध्यक्ष विरेन्द्र मगर लगायतको उपस्थिति रहेको एमाले खोटाङका प्रचार विभाग प्रमुख खेमराज देउसालीले जानकारी दिए।
अनेरास्वबियुका केन्द्रीय सदस्य एबंम् अनेरास्वबियु खोटाङ र सोलुखुम्बु ईन्चार्ज रहेका राईको भक्तपुरस्थित चारदोबाटोमा स्कुटर दुर्घटनामा परेको तीन दिनपछि ट्रमा सेन्टरमा उपचारको क्रममा २०७३ साल माघ २७ गते मृत्यु भएको थियो।
यो पनि पढ्नुहोस,
मिलनसँगका बिछोडहरु
कमरेड मिलन राईलाई संम्झदा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology