समायोजन खबर खोटाङ, युवक मृत फेला प्रकरणमा प्रहरी चौकी अर्खौलेमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)पोषराज कार्कीको जिम्मेवारी खोसिएको छ। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले ढाँडगाउँका १९ वर्षीय राम परियार मृत फेला प्रकरणमा असई कार्कीको जिम्मेवारी खोसिएको हो।
परियार माघ २५ गते बिहान ६ः४५ बजे घर नजिकै रहेको भिमसेनपातीको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए। मृत भेटिएका रामले सुसाइड नोट लेखेको पाईएको थियो।
उनले लेखेको सुसाइट नोट घट्नास्थलमा स्थानीयको चर्को दबावपछि प्रहरीले पढेर सुनाएका थिए। प्रहरीले पढेको रामको सुसाइट नोटमा ‘मर्ने कुरा दिमागमा अर्खौलेका असई साबले गर्दा आएको हो। मलाई आरोप लागेको हो भन्ने कुरा प्रमाणित नभई मलाई हातकडी लगाएर बाँच्न मन लाग्न छोडयो। मैले गल्ती गरेको छैन। मेरो बाबालाई कसैले दोष नदिनु। हातकडी लगाएर मलाई समाजको अगाडी लज्जित बनाउने हो र ? उहाँको कारण मैले ज्यान गुमाउनु परेको हो। मलाई हातकडी नलगाउनुपथ्र्यो। मेरो गल्ती के हो भन्ने नभई लाएपछि मलाई मुख देखाउन लायक बनाएन सरी माई फेमेली।’
प्रहरीले उक्त सुसाईट नोट पढिसकेपछि स्थानीयहरु असईप्रति आक्रोसित हुँदै असई कार्कीलाई कारवाहीको माग गरेका थिए। कानून अनुसार असई विरुद्ध पीडित पक्ष लाग्ने र त्यसमा प्रहरीले कानून अनुसार सहयोग गर्ने मौखिक सहमति भएपछि शवलाई घट्नास्थलबाट उठाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल ल्याईएको थियो। कानूनी प्रक्रिया पूरा गरी शवको पोष्टमार्टम गरी परिवारलाई प्रहरीले आजै जिम्मा लगाएका छन्।
घट्नाको कारण के ?
जिल्ला प्रहरी कार्यालयमा माघ २४ गते खोटाङ जिल्ला १२ बस्ने २६ वर्षीया महिला सांकेतिक नाम ‘४०’ ले आफूमाथि गत बैशाख १० गते जबर्जस्ती करणी भएको भनि १७ वर्षीय युवक सांकेतिक नाम ‘४१’ विरुद्ध जाहेरी दिन्छन्। जाहेरी परेपछि प्रहरीले आरोपी ‘४१’ को खोजी सुरु गर्छ।
झुण्डि मृत भेटिएका रामको तल्लो घरमा माघ २४ गते बाबुछोराबीच झगडा हुन्छ। स्थानीयको फोन आएपछि झगडा भएको घरमा प्रहरी चौकी अर्खोलेबाट प्रहरी पुग्छ। झगडा गर्नेलाई प्रहरीले चौकी ल्याउँछ। झगडाको छलफलमा (झुण्डि मृत भेटिएका राम) पनि आएको हुन्छ। गाउँका ५०/६० जना मानिस पनि प्रहरी छलफलमा हुन्छ। किटानी जाहेरीमा नाम रहेका आरोपी ‘४१’ लाई चौकीमा बोलाई सकिएकाले उनी त्यही छलफल भएको स्थानमा रहेको र घरमा गएर कसैलाई नल्याएको प्रहरीले बताएको छ।
यता,जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीको जाहेरी आएपछि प्रहरी सहायक निरीक्षक(असई)कार्कीसँग समन्वय गर्छ। असई कार्कीले उक्त छलफलमा आरोपी ‘४१’ को हो ? भनेर सोधपुछ गर्दा (झुण्डि मृत भेटिएका राम) उठेर किन र ? भनेर उसले सोधेपछि कसैले इसारा गरेपछि रामलाई हातकडी लगाइयो। प्रहरी श्रोतले भन्यो। किटानी जाहेरीको मान्छे त्यही छ भनेपछि २ मिनेट जति हातकडी लगाएपछि (झुण्डि मृत भेटिएका राम)लाई छोडिदिएर उसको बुबालाई बुझाईएको प्रहरी बताउँछ।
किटानी जाहेरीको आरोपी ‘४१’ लाई भने २४ गते साँझमा पक्राउ गरी ल्याई बाल निगरानी कक्षमा राखिएको र माघ २५ गते अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाईएको छ। घटनाका विषयमा थप अनुसन्धान थालिएको र असईको जिम्मेवारी खोसेर जिल्ला झिकाई आन्तरिक रुपमा छानबिन थालिएको खोटाङका डिएसपी प्रतिक विष्टले बताए।
प्रहरीले रामलाई नियन्त्रणमा लिएपछि किन समातियो, के भयो भनेर समाजका मानिसहरुले चौकी आएर हल्लाखल्ला गरेपछि हातकडी लगाईराखेको रामलाई छोडेर अर्को एक युवकलाई नियन्त्रणमा लिने काम प्रहरीबाट भएको अर्खौलेका वडा सदस्य किशोर कुमार श्रेष्ठले बताए।
प्रहरीले किन नियन्त्रणमा लियो भनेर आम समुदाय, जनप्रतिनिध, राजनीतिक दलका मानिसहरुले किन पक्राउ ग¥र्यो त, कारण हुनुप¥र्यो, पक्राउ पूर्जी हुनुप¥र्यो, कि जाहेरी हुनुप¥र्यो भन्दा खेरी असई साबले मलाई आदेश भयो मैले पक्रिए, तपाईहरुलाई चित्त बुझदैन भने कानूनी उपचार खोज्न जानुस मेरो विरुद्धमा भन्ने कुरा उहाँ(असई)ले गर्नुभयो।’ वडा सदस्य श्रेष्ठले भने।
त्यसपछि राम परियारलाई लिखित जमानीमा बुबाको जिम्मा लगाएर पठाईयो। रामले मलाई निर्दोष मान्छेलाई हातकडी लाग्यो, मानमर्दन भयो भनेर कराउन थाले, त्यसपछि सबैले सम्झाई बुझाई घर पठाइयो। वडा सदस्य श्रेष्ठले भने, “घरमा गएर ऊ राती १२ बजेसम्म परिवारसँगै बसेको र त्यसपछि राती सुसाइट नोट लेखेर निर्दोष मान्छेलाई अर्खौलेका असईले हातकडी लगाएर समाजमा बस्न लायक बनाएन त्यस कारणले म मर्न बाध्य भए भनेर दुई पेज लामो सुसाइट नोट लेखेर आत्महत्या गरेको रहेछ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology