• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

करीव दश हजार किशोरीलाई एचपिभी खोप लगाईने

करीव दश हजार किशोरीलाई एचपिभी खोप लगाईने


समायोजन खबर
  • आइतबार, माघ २० २०८१

  • समायोजन खबर खोटाङ, खोटाङमा करीव दश हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट सुरक्षित हुन एचपिभी खोप लगाईने भएको छ।

    कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने सबै किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई माघ २२ र २३ गते दुई चरणमा चारदिनभित्र एचपिभी खोप लगाईने भएको हो।

    जिल्ला समन्वय समितिको सभाहलमा आईतबार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुबीच भएको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीको ९ हजार ९९५ जना किशोरीलाई एचपिभी खोप लगाईने जानकारी दिईएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईका अनुसार माघ २२ गतेदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ हजार ५०२ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ हजार ४८७ जना, केपिलासगढी गाउँपालिकामा ७९३ जना, ऐसेलुखर्क गाउँपालिकामा ६८१ जना, रावाबेंशी गाउँपालिकामा ५७१ जना, साकेला गाउँपालिकामा ४१२ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ हजार ६३ जना किशोरीलाई खोप लगाईने छ।

    यस्तै, माघ २३ गतेदेखि खोटेहाङ गाउँपालिकामा १ हजार १२ जना, जन्तेढुंगा गाउँपालिकामा ७५९ जना र वराहपोखरी गाउँपालिकामा ७१५ जना किशोरीलाई एचपिभी खोप लगाईनेछ।

    कक्षा ६ देखि १० कक्षासम्म अध्यापन हुने १८८ वटा विद्यालयका ८ हजार ३१३ जना र विद्यालय वाहिर रहेका १ हजार ६८२ जना किशोरीलाई खोप लगाउन, २७४ खोप केन्द्र, २७४ जना खोप दिने स्वास्थ्यकर्मी, ५४८ जना स्वंयमसेवक र १०१ जना सुपरिवेक्षक खटाईनेछ।

    असुरक्षित यौन सम्पर्कबाट फैलने एचपिभी अर्थात हयुमन प्यापिलोमा भाइरस विकसित हुँदै जाँदा अन्ततः पाठेघरको मुखको क्यान्सर हुन्छ। पाठेघरको मुखको क्यान्सर भएमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रुपमा रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महशुस हुने जस्ता लक्षण चिन्हहरु देखापर्दछन्

    एचपिभी खोप अभियानको सबै तयारी सकिएकाले खोप अभियानलाई सफल बनाउन जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राईले सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ।

    एचपिभी खोप नेपालमा प्रयोग गर्नका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको खोप हो। खोप लगाई सकेपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने तर, यस प्रकारका असरहरु केही समयपछि आफै ठीक हुन्छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology