समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित खरबारीमा कुकुरले खाएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ।
खरबारीस्थित जस बहादुर राईको घरभन्दा अन्दाजी ८ सय मिटर पर बाँसको झ्याङ नजिकै खाल्डो खनि नवजात शिशुको शव गाडेको अवस्थामा छ भन्ने खबर प्राप्तपछि बिहीबार दिउँसो साढे २ बजे प्रहरी पुगेर हेर्दा शवलाई कुकुरले खाएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरीका अनुसार खाल्डोबाट शिशुको लाशलाई कुकुरले निकालि एउटा हात बाहेक सबै खाएको पाईएको छ।
घट्नास्थलको कानुनी प्रक्रिया पूरा गरी शिशुको बाँकी रहेको शरीरको अङ्ग पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाईएको छ। घट्नाको विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको कमाण्डमा प्रहरी टोली खटेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology